+
+
-- Sponsored Ad --

मगर होमस्टेमा आधारभुत तालिम सप्पन्न ।

817 पटक हेरिएको
Clock २०७८ असार ३०, बुधबार २३:१६
-- Sponsored --

शारदा झेडी मगर , असार ३० ।। हुप्सेकोट गाउपालिका वार्ड नम्बर ४ शंखदेबको झरना खोला मगर सामुदायिक होमस्टेमा शुरु भएको ४ दिने आधारभुत तालिम आज सम्पन्न भएको छ । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउविकास समिति काठमाडौले दिएको तालिम आज सप्पन्न भएको हो । झरना खोला मगर सामुदायिक होमस्टेका अध्यक्ष सागर गाहा मगर को अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका संयोजक ईन्द्र फाल मगर प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा झरना खोला संरक्षण समितिका अध्यक्ष चन्द्र प्रकाश फाल मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो । तालिममा सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ विकास समितिका कार्यक्रम संयोजक घनश्याम ढकाल र सोही समितिका अध्यक्ष प्रल्हाद न्यौपानेले तालिम सहजीकरण गर्नुभएको थियो ।यस्तै गरि पकवान सम्बन्धि तालिम रमेश श्रेष्ठले दिनुभएको थियो । तालीममा २३ जना महिला र ७ जना पुरुष गरि ३० जनाले सहभागीता जनाएका थिए । यश होमस्टेमा मगर समुदायमा प्रचलित खानाका परिकार पाउनुका साथै स्थानीय स्तरमै उपलब्ध हुने खाद्य सामाग्रीहरुबाट खानाका परिकार बनाईने अध्यक्ष सागर गाहा मगरले जानकारी दिनु भयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win