गैँडा मृत अवस्थामा फेला

  • समाचार
  • २०७८ श्रावण ४, सोमबार २३:१४

चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेका छन् । आइतवार दुई वटा गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो । नारायणी नदी किनारमा बालुवामा गडिएको अवस्थामा यो गैँडा फेला परेको उहाँले बताउनुभयो ।

यसैगरी कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा मृत अवस्थामा फेला परेको छ । यो गैँडा बाढीले बगाएर मृत अवस्थामा फेला परेको बरालले बताउनुभयो । दुवै गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *