Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
गण्डकीमा मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी, माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो, कांग्रेस अझै अन्योलमा गण्डकीमा मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी, माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो, कांग्रेस अझै अन्योलमा - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

गण्डकीमा मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी, माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो, कांग्रेस अझै अन्योलमा

428 पटक हेरिएको
Clock २०७८ श्रावण ८, शुक्रबार ०९:२९
krisna-chandra-nepali
-- Sponsored --

काठमाडौं । गण्डकी प्रदेशमन्त्रिपरिषद बिस्तारको तयारीमा आज गरिएको छ । जेठ २९ मा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन् ।

कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङ भने यसअघि नै मन्त्री बनीसकेका छन् ।

गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ । माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन् ।

अर्थ मन्त्रीमा माओवादीले रामजी बराललाई पठाउने भएको छ । वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने तयारी छ ।

यसअघि माओवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भइसक्नुभएको छ । कांग्रेसले भने अहिलेसम्म मन्त्री टुंगो लगाउन सकेको छैन । तर कांग्रेसले राख्ने मन्त्रालय भने टुंगिएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ । यस्तै शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय पनि कांग्रेससँग हुनेछ ।

यसअघि कांग्रेसबाट कुमार खड्का सामाजिक विकास मन्त्री भइसक्नुभएको छ । गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धनबाट सरकार बनेको हो ।

मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win