+
+
-- Sponsored Ad --

चोरी गर्ने ट्रयाक्टर नवलपुर प्रहरीको नियन्त्रणमा

463 पटक हेरिएको
Clock २०७८ श्रावण १३, बुधबार १३:२०
-- Sponsored --

रातको समयमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन तथा चोरी गर्ने १६ वटा ट्रयाक्टर नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं २को विनयी खोलामा राती १ बजेको समयमा नदिजन्य पदार्थ उत्खनन तथा चोरी गर्दै गरेको अवस्थामा १६ वटा ट्रयाक्टर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।

गिरीका अनुसार पक्राउ गरिएका ट्रयाक्टर लु२त ९७२५, लु६त ९६१२ लु४त ३४१९,लु३त १६०९लु४त ८३१,ना७त ३०६९,लु२त १४३१,ना४त ५४७४,प्र.२–०३–००१त २६५५,ना७त २१५० लु४त ७१९६,लु३त ५६१५,लु३त ६७७८ र एउटा अनटेस्ट र दुईवटा नम्बर नखुलेको रहेका छन ।

पक्राउ गरिएका ट्रयाक्टरहरुलाई थप कारवाहीको लागी सम्बन्धित कार्यालयमा पठाईएको गिरीले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win