हुप्सेकोट गाउँपालिका ५ वाकखोरका पहिरो विस्थापितका लागि विवेकशिल साझा पार्टी नवलपुरले विहिवार राहत हस्तान्तरण गरेको छ ।
असार २४ गते परेको अविरल वर्षाका कारण वाकखोर गाउँ पहिरोको उच्च जोखिममा परी गाउँपालिकाले तत्काल उद्धार गरी जनता माध्यमिक विद्यालयमा वेलुवामा राखेको छ ।
पहिरोले विस्थापित भएर विद्यालयमा बस्दै आएका १८ घरपरिवारका १ सय १६ जनाको लागि तत्काल आवश्यक पर्ने खाद्यन्य गाउँपालिका अध्यक्ष लक्ष्मि देवी पाण्डेलाई हस्तान्तरण गरिएको विवेकशिल साझा पाटी नवलपुरले जनाएको छ ।
विवेकशिल साझा पाटीमा आवद्ध गण्डकी प्रदेशको विभिन्न जिल्लामा रहेका सदस्यहरुको सहयोगमा राहत स्वरुप ४२ हजार बराबरको खाद्य र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विवेकशिल साझा पार्टीका गण्डकी प्रदेश समिती सदस्य टिएम पौडेलले बताउनुभयो ।
विस्थापित परिवारको लागि आवश्यक अन्य सहयोग गर्न पनि विवेकशिल साझा पार्टी तयार रहेको भन्दै सदस्य पौडेले विस्थापित परिवार मध्येका काम गर्न सक्ने युवाहरुलाई उद्यमशिल बनाउन सहयोग गर्ने बताउनभुयो ।
त्यस्तै कार्यक्रममा सहभागि विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य हरि प्रसाद गौतम, पवित्रा थापा र गण्डकी प्रदेश समिती सदस्य राम चापागाइले पनि विस्थापित परिवारको लागि गाउँपालिकाले गरेको व्यवस्थापन राम्रो भएको भन्दै अब स्थायी बस्ती स्थानान्तरणको लागि छिटो व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
तत्काल आवश्यक गास, बासको लागि सहयोग मात्रै होइन अन्य आवश्यक सहयोग गर्न पनि विवेकशिल साझा पार्टी तयार रहेको बताउनुभयो । गाउँपालिकाको पहिरो विस्थापितका लागि विवेकशिल साझा पाटीले गरेको सहयोगलाई आभार व्यक्त गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले स्थायी बस्ती स्थानान्तरणको लागि पहल भैरहको बताउनुभयो ।
सुरक्षित ठाउँमा स्थायी बस्ती व्यवस्थापनको लागि स्थानीय सरकारलाई प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक रहेको भन्दै त्यसको लागि पहल शुरु गरेको बताउनुभयो । हुप्सेकोट गाउँपालिकाको वाकखोर सँगै बसेनी, राम्चे, पिपलडाँडा, नाम्जाकोट, पेलेका, दमार, पाङग्रे लगाएतका क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ ।