+
+
-- Sponsored Ad --

एक-दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्छ: गुरुङ

425 पटक हेरिएको
Clock २०७८ श्रावण १७, आईतवार २३:०२
-- Sponsored --

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा हिजो पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।

” नेकपा एमाले केन्द्रीय सचिवसमेत रहनुभएका गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिनुभयो । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशका पूर्वमन्त्री किरण गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुको विकल्प नभएको बताउँदै त्यसका लागि मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

फाउण्डेशन कास्कीका अध्यक्ष माधव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी, फाउण्डेशनका महिला संयोजक हिरा गिरी लगायतले समृद्ध नेपाल निर्माणका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win