+
+
-- Sponsored Ad --

सदस्यता खारेज मात्र गरिएको: प्रतिष्ठान

701 पटक हेरिएको
Clock २०७८ श्रावण २६, मंगलवार ००:०८
-- Sponsored --

कलाकार दुर्गेश थापालाई बहिष्कार नभएर सदस्यता खारेज मात्र गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले प्रष्ट पारेको छ । प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गर्दै गीत प्रकाशन पूर्व नै प्रतिष्ठानले “ख्यास्स पुतली” शब्द संसोधन गर्न गरिएको लिखित अनुरोधलाई वेवास्ता गरेकोले प्रतिष्ठानको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरिएको जनाएको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी, महासचिव सुवास केसी तथा विकृति विसंगति न्यूनिकरण कार्यदलका संयोजक शिव हमालले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा ” नेपाली हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा सामाजिक सञ्जालमा बिभिन्न माध्यमबाट सम्प्रेशित तीज गीत संगीत मध्ये ‘ख्यास्स पुतली’ को बारेमा पक्ष/विपक्षमा रहि सामाजिक सञ्जालमा देखा परेका टिका टिप्पणी, जनगुनासो र

यस प्रतिष्ठानसँग लोकसंगीतकर्मी र शुभचिन्तकहरुको सकारात्मक अपेक्षालाई पनि ध्यान दिदै कलाकार दुर्गेश थापाज्यूलाई गीत प्रकाशन पूर्व नै यस प्रतिष्ठानबाट उक्त शब्द ख्यास्स पुतली संसोधन गरिदिन गरेको लिखितम् हार्दिक अनुरोधलाई विल्कुलै व्यवास्ता गरी निजले प्रतिष्ठानसँग आफ्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टीकरण दिएको हुनाले यस प्रतिष्ठानको मिति २०७८ श्रावण

१७ गते बसेको केन्द्रीय समितिको बैठकबाट बिधानत् परिच्छेद (७) धारा (२६ ) को उपधारा १ बमोजिम निजको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरिएको छ ।” भनि उल्लेख गरिएको छ । यसैगरी प्रतिष्ठानले सामाजिक सञ्जालमा लेखिए जस्तो कलाकार थापालाई बहिष्कार होइन सदस्यताबाट बञ्चित गरिएको हो भनेर खुलाएको छ ।

लोक संगीत शुभचिन्तकका सम्पूर्ण गुनासो र खबरदारीमा प्रतिष्ठान विधानसम्वत परिधिमा रही राज्यका सम्बन्धित निकायमा सुधारका लागि प्रतिष्ठानले विज्ञप्ति मार्फत नै आग्रह समेत गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win