+
+
-- Sponsored Ad --

प्रहरीको प्रश्नपत्र लिक प्रकरणमा छानविन समितिले बुझायो प्रतिवेदन, तीन जनालाई बर्खास्त, ११ जनालाई कारबाहीको सिफारिस

379 पटक हेरिएको
Clock २०७८ श्रावण २७, बुधबार ०९:२४
-- Sponsored --

काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरण छानविन गर्न गठित समितिले प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षत्रीलाई आज बिहान प्रतिबेदन बुझाएको छ ।

डिआईजी वसन्त लामाको संयोजकत्वमा गठित समितिले तीन जनालाई बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो । यस्तै समितिले अन्य ११ जनालाई बिभागीय कारबाही गर्न पनि सिफारिस गरेको छ ।

बर्खास्तीमा पर्नेहरुमा प्रश्नपत्र चोरी गर्ने युएन शाखाका परिचर सुरेश बम, साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाह र सई जनक थापा रहेका छन् ।

प्रश्नपत्र लिने डिएसपीलाई भने बिभागीय कारबाही गर्न सिफारिस गरिएको छ । साथै शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षा रद्द गरी नयाँ प्रश्नपत्र तयार गरी परीक्षा लिन पनि भनिएको छ ।

यस प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएका हुन ।

दोषी प्रहरीलाई प्रहरी ऐन बमोजिम बर्खास्तीदेखि नसिहत र बढुवा रोक्कासम्मको कारबाहीका लागि सिफारिस गर्न प्रतिवेदनमा भनिएको हो । शान्ति मिसनका लागि लिइने परिक्षा हुनु दुइ दिन अघि प्रश्नपत्र बाहिरिएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win