बागमती ब्यारेजमा किशोरीको शव फेला

  • समाचार
  • २०७८ श्रावण ३०, शनिबार १२:४४

काठमाडौं : सर्लाहीको बरहथवा नगरपालिका–११ हीरापुरकी १६ वर्षीया लालो राउत मृत फेला परेकी छन्। बागमती नदी ब्यारेजको पानीमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

साउन २७ गते साँझ घरबाट काम छ भनी निस्किएकी लालो अबेरसम्म नफर्केपछि परिवारले खोजी गरेका थिए। उनको शव साउन २८ गते बिहान फैला परेको प्रहरीले बताएको छ।

शव घोप्टो परेको र हात पछाडि बाँधिएको अवस्थामा फेला परेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि अहिलेसम्म घटनासँग जोडिएका केही सुराक पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *