+
+
-- Sponsored Ad --

बागमती ब्यारेजमा किशोरीको शव फेला

431 पटक हेरिएको
Clock २०७८ श्रावण ३०, शनिबार १२:४४
-- Sponsored --

काठमाडौं : सर्लाहीको बरहथवा नगरपालिका–११ हीरापुरकी १६ वर्षीया लालो राउत मृत फेला परेकी छन्। बागमती नदी ब्यारेजको पानीमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

साउन २७ गते साँझ घरबाट काम छ भनी निस्किएकी लालो अबेरसम्म नफर्केपछि परिवारले खोजी गरेका थिए। उनको शव साउन २८ गते बिहान फैला परेको प्रहरीले बताएको छ।

शव घोप्टो परेको र हात पछाडि बाँधिएको अवस्थामा फेला परेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शवको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि अहिलेसम्म घटनासँग जोडिएका केही सुराक पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win