नेपाल बन्यो लागू औषध कारोबारको ट्रान्जिट, ५ वर्षयता २२ हजार पक्राउ, कारोबारमा आठ सय विदेशी संलग्न

  • समाचार
  • २०७८ श्रावण ३१, आईतवार २२:५७

काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले केही हप्ता अघि ९ सय ग्राम लागुऔषध हेरोइन सहित एकजनालाई पक्राउ गरेको थियो । बरामद लागू औषधको बजार मूल्य ९० लाख बढी पर्छ । पक्राउ पर्नेमा धादिङ्ग घर भएका बर्ष ४९ का दावा लामा तामाङ्ग रहेका छन । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ परेका थिए ।

तामाङ्गले हेरोइनलाइ प्लास्टिकमा बेरेर ९३ वटा क्याप्सुल बनाई खाएर लिएर आएका थिए । यसैगरी साउन १९ गते लागुऔषध नियन्त्रण ब्यूरोले डेढ किलो १२ ग्राम कोकिनसहित १३ जनालाई पक्राउ गरेको थियो ।

लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता जीवनकुमार क्षेष्ठकाअनुसार विगतका वर्ष जस्तै यो वर्षमा पनि लागु औषधी कारोबारमा संलग्नहरु पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार विगत पाँच वर्षमा गाँजा ३० हजार ,चरेस ७ हजार १ सय, हेरोइन ३६, अफिम ४ सय ८९, कोकिन २६ केजी बरामद गरेको छ । कडा खालका लागुऔषध मानिने अफिम , हेरोइन, कोकिन विदेशबाट ल्याइ नेपाललाई ट्रान्जिट प्वाइन्ट्को रुपमा प्रयोग गरी अर्को मुलुक लगिन्छ् । चरेश , गाँजा र औषधीजन्य लागुऔषध भने नेपालमै खपत हुने गरेको प्रवक्ता श्रेष्ठको भनाई छ ।

बढदो लागुऔषध तस्करी नियन्त्रणमा प्रहरी प्रयास कस्तो छ ? भन्ने इमजेकर्मीको प्रश्नमा श्रेष्ठ भन्नुहुन्छ लागु औषधी सम्बन्धी जनचेतनामुलक काम गदै आएका छौ त्यस्तै औषधको कारोबारीमा संलग्नलाई कारबाही गछौं ।

कोभिड संक्रमणका कारण मानवीय संवेदना बढेका बेला लागूऔषधको कारोवारी मौलाउने भएकाले यसतर्फ सुरक्षा संयन्त्र सचेत हुनु जरुरी छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 101 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 38 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *