नवलपुरमा बेरुजुको बेथिती , आर्थिक अनियमितताको शंका !
दयाराम आचार्य । कावासोती । भदौ ०६ । नवलपुरका आठवटा स्थानीय तहमा २२ करोड बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनीक गरेको अन्ठाउन्नौं वार्षीक प्रतिवेदन अनुसार जिल्लाका ८ वटा स्थानीय तहमा गरि कुल २२ करोड २० लाख ५ हजार बेरुजु देखिएको छ ।
यती ठूलो मात्रामा रकम बेरुजु देखीदा खर्चमा अनियमितताको आशंका पैदा भएको छ । सार्वजनिक आय र व्ययको प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी मनपरी रुपमा हुने खर्चका कारण बेरुजु रकम बढदै जादा यसले आर्थिक अनियमितताको शंका पैदा भएको छ ।
आर्थिक कारोबार गर्दा प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गर्दा, राख्नुपर्ने लेखा नराख्दा, बजेट शीर्षकको सीमा उल्लङ्घन गरि कारोबार गर्दा बेरुजु रकम बढदै गएको छ । बेरुजु बढदै जाँदा आर्थिक अनुशासन उल्लङ्घन भएको र भ्रष्टचार बढेको संकेत समेत गर्दछ ।
नवलपुरमा रहेका स्थानीयत तहमा बेरुजुको अवस्था हेर्दा खर्चमा अपनाउनुपर्ने कानुनी रीत नपुर्याएको देखाउदछ । मनपरी रुपमा गरिएका खर्चमा अनियमितताको आशंका उब्जीएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनीक गरेका प्रतिवेदन अनुसार नवलपुरका स्थानीय तहहरु मध्य बुलिङटार गाँउपालिकाको बेरुजु धेरै देखिएको छ । उक्त गाउँपाकिलाको बेरुजु ४ दशमलब ४५ अर्थात २ करोड ५७ लाख १७ हजार रहेको छ ।
त्यसपछी विनयी त्रिवेणीको बेरुजु ४ दशमल १० अर्थात ४ करोड ६९ लाख ४ हजार रकम बेरुजु रहेको छ । सबै भन्दा धेरै बेरुजु प्रतिशत हुने तेश्रो नम्बरमा हुप्सेकोेट गाँउपालिका रहेको छ ।
यस गाँउपालिकाको बेरुजु २ दशमलब १६ प्रतिशत अर्थात १ करोड ९२ लाख ६५ हजार रहेको छ । चौथो नम्बरमा देवचुली नगरपालिकाको बेरुजु २ दशमलब १५ प्रतिशत अर्थात तीन करोड ३५ लाख ३६ हजार रहेको छ ।
पाँचौंमा कावासोती नगरपाकिलाको बेरुजु २ दशमलब १२ प्रतिशत अर्थात तीन करोड ३० लाख ७५ हजार रहेको छ । यस्तै क्रमश मध्यविन्द् नगरपालिकाको १ दशमलब ९२ प्रतिशत अर्थात २ करोड ६४ लाख ८२ हजार , बौदीकाली गाउँपालिकाको १ दशमलब ७५ प्रतिशत अर्थात १ करोड १० लाख २४ हजार र सबै भन्दा कम गैंडोकोट नगरपालिकाको १ दशमलब ३५ प्रतिशत अर्थात दुई करोड ६० लाख २ हजार रहेको छ ।