0 प्रतिक्रिया
गैंडा मृत अवस्थामा फेला
चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कोर क्षेत्र नवलपरासीको कोलकोत्ता टापु नजिक घोलमा भासिएर अन्दाजी ८ देखि १० वर्ष उमेरको भाले गैंडा सोमबार मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
मृत गैंडाको खाग र खुर सुरक्षित रहेको छ । चालु आर्थिक वर्ष लागे यता निकुञ्जमा योसहित ७ गैंडा मृत भेटिएका छन् । एक गैंडा तस्करहरुले गोली हानेर मारेको निकुञ्जको अनुमान छ ।
बाँकी ६ गैंडा भने प्राकृतिक कारणबाट मरेको निकुञ्जले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



