+
+
-- Sponsored Ad --

कांग्रेस जिल्ला सभापतिहरुले राखेको मागमा बनेन सहमति, दिउँसो २ बजेदेखि पार्टी कार्यालयमा २४ घण्टे धर्ना

385 पटक हेरिएको
Clock २०७८ भाद्र ९, बुधबार १२:२३
-- Sponsored --

काठमाडौं, भदौं ९ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आज दिउँसो २ बजेदेखि पार्टी कार्यालयमा २४ घण्टे धर्ना दिँदैछन् ।

आफूहरुले उठाएका मागहरु पार्टी नेतृत्वले सम्बोधन गर्न ननमानेको भन्दै उनीहरु चौबीस घण्टे धर्नामा बस्न लागेका हुन् । यसअघि, मंगलबार जिल्ला सभापतिहरुले विहान ११ बजे धर्ना दिएका थिए । माग सम्बोधनका लागि सांकेतिक धर्ना दिएका उनीहरुले आजबाट भने धर्ना लम्ब्याउँदै २४ घण्टा पु¥याएका हुन् ।

क्रियाशील सदस्यता सार्वजनिकलगायतका तीन सूत्रीय मागसम्बन्धमा क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य डा. मिनेन्द्र रिजालसँग आज विहान भएको छलफलमा सहमति नबनेपछि उनीहरु धर्नामा फर्केका हुन् ।

डा. रिजालसँग भएको छलफलमा सहमति नभएपछि दिउँसो २ बजेदेखि २४ घण्टे धर्ना थाल्ने निर्णय गरिएको सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिनुभयो ।

संस्थापन इतर समूहका जिल्ला सभापतिहरु तीन बुँदे माग राखेर मंगलबारबाट आन्दोलनमा होमिएका हुन् । उनीहरुले ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र आगामी महाधिवेशनकाे निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने’ माग राखेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win