+
+
-- Sponsored Ad --

नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघको केन्द्रिय बैठक कावासोतीमा सम्पन्न ।।

809 पटक हेरिएको
Clock २०७७ फाल्गुन २५, मंगलवार १४:३४
-- Sponsored --

शारदा झेडीमगर ,फाल्गुण २५ ।।
नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघको केन्द्रिय कार्यसमितीको बैठक सोमवार कावासोतीमा सम्पन्न भएको छ । बैठकमा संघको आगामी १२ औ राष्ट्रिय महाधिबेशनमा प्रतिनिधी पठाउने र बिभिन्न पदमा पदपुर्ती गर्ने बारेमा ब्यापक छलफल गरिएको छ । यसैगरी बैठकले नेपाल मगरसंघ केन्द्रिय समितीका सल्लाहकार कर्णेल धन बहादुर मास्की राना, क्याप्टेन चोकबहादुर थापामगर, क्याप्टेन यामबहादुर बुढाथोकीमगर,क्याप्टेन कुलप्रसाद पुनमगर, क्याप्टेन देउबहादुर रानामगर, क्याप्टेन कृष्णबहादुर रानामगर केन्द्रिय समितीको सल्लाहाकारमा चयन गरिएको छ । संघले बिभिन्न जिल्लाबाट केन्द्रिय समितीको सदस्य चयनका लागी छलफललाई अगाडि बढाउने जनाएको छ । संघको केन्द्रिय अध्यक्ष हुमबहादुर पचभैया थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका ईन्चार्ज सुवेदार मेजर चन्द्रबहादुर राना प्रमुख अतिथी रहनुभएको थियो । यस्तै गरि कार्यक्रममा नेपाल मगर संघकी केन्द्रिय सदस्य लिला राना, सुबेदार प्रेमबहादुर राना, मगर संघ गण्डकी प्रदेशकी सचिव देबिसरा पुलामी मगर लगायतका अतिथी रहनुभएको थियो । कार्यक्रम संगठनका वरिष्ठ उपाध्यक्ष क्याप्टेन हस्तबहादुर थापाले स्वागतमन्तब्य राख्नुभएको थियो भने महासचिव क्याप्टेन भिमबहादुर रानामगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win