+
+
-- Sponsored Ad --

महिलाले मृत शरीर छुन नहुने परम्परा तोड्दै सुदूरपश्चिमका महिलाः

378 पटक हेरिएको
Clock २०७८ भाद्र १०, बिहीबार १२:५९
-- Sponsored --

कैलाली । सामान्यतः महिलाहरूले शवलाई छुन नहुने, मलामी र चितासम्म जानु हुँदैन भन्ने परम्परा छ । तर, कैलालीको धनगढीमा कल्पना भट्टको दृष्टी फाउण्डेसनको महिला समूहले महिलाहरुको शव आफैले दाहसंस्कार गरेर रुढीवादी परम्परालाई चुनौती दिएका छन् ।

पुरानो रुढीवादी परम्परालाई तोड्दै धनगढीमा दृष्टी फाउण्डेसनका महिलाहरुले ११ जना महिलाहरुको शव आफैले दाहसंस्कार गरेका छन् । सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा छ । तर, दृष्टी फाउण्डेसनका महिलाहरुले परम्परा तोड्दै असहाय बेवारीसे मृतक महिलाहरुलाई दागबत्ती दिने र अन्त्येष्टिका सबै काम आफूहरुले गर्दै आएको दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टको भनाइ छ ।

कल्पनासंगै उनको अभियानलाई साथ दिने महिलाहरु पनि संगै लागि परेका छन् । उनीहरुले सडकमा अलपत्र रहेका महिलाहरुलाई दृष्टी फाउण्डेसनमा आश्रयसमेत दिने गरेका छन् । त्यसका साथै अहिले पनि कयौ असहाय महिलाहरुलाई उनीहरुले लालनपालन गर्दै आएका छन् । उनीहरुले आफ्नै आश्रय गृहमा महिलाको मृत्यु भएपछि आफैले दागबत्ती दिने अन्तिम संस्कारसमेत आफैले गर्ने गरेको चन्द्र तिरुवाको भनाइ छ ।

पुरानो रुढीवादी परम्परालाई चि¥दै समाजमा सकारात्मक परिवर्तन गराउने उद्देश्यले पनि यो अभियान शुरु गरेको महिलाहरुको भनाइ छ । उनीहरुले गरेको सामाजिक परिवर्तनको कामलाई यहाँका पुरुषहरुले पनि होस्टेमा हैसे गर्ने गरेका छन् ।

जसले अहिले कैलालीमा हुने यस्ता सामाजिक काममा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win