+
+
-- Sponsored Ad --

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, शपथग्रहण सम्पन्न ।

393 पटक हेरिएको
Clock २०७८ भाद्र १०, बिहीबार १३:०२
-- Sponsored --

विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद भीम आचार्य नियुक्त हुुनुभएको छ । उहाँले आजै शपथ पनि लिनुभएको छ ।

शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेकपा एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएपछि राईको स्थानमा आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।

यसअघि, निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गर्दै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनुभएको थियो ।

आचार्यले शुरुदेखि नै प्रदेश १ को मुख्यमन्त्री हुने आकांक्षा राखे पनि पार्टी विभाजनपछि मात्रै उहाँलाई यो अवसर जुटेको हो ।

पार्टी विभाजनअघि आचार्य माधव नेपाल समूहमा हुनुहुन्थ्यो भने राई ओली समूहमा हुनुहुन्थ्यो । तर पार्टी विभाजन गर्ने नेता नेपालको निर्णयमा भने आचार्यले साथ दिनुभएन ।

२०७४ माघ २६ मा दलको नेतामको चुनावमा आचार्य राईसँग पराजित हुनुभएको थियो । ५१ सदस्यीय एमाले सांसदमध्ये राईलाई २६ र आचार्यलाई २४ मत परेको थियो । एक मत बदर भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win