+
+
-- Sponsored Ad --

काबुल विमानस्थल बाहिर विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

785 पटक हेरिएको
Clock २०७८ भाद्र १०, बिहीबार २२:११
-- Sponsored --

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोट भएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विस्फोटको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

बिहीबार साँझ भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको तालिबानका एक अधिकारीले पुष्टि गरेका छन् । मर्नेहरू बालबालिका र महिला रहेको ती अधिकारीले जनाएका छन् । विस्फोटमा परेर कैयौं मानिस घाइते भएका छन् । घाइते हुनेहरुमा तालिबान लडाकु पनि रहेको अलजजिराले उल्लेख गरेको छ ।

बेलायती सेना रहेको एबी गेटमा विस्फोट भएको समाचारमा उल्लेख छ । विस्फोटपछि गोली पनि चलेको छ । यो आत्मघाती विस्फोट भएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलार्ई जानकारी दिएका छन् ।

अमेरिका र बेलायतले बुधबारदेखि नै काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी दिएका थिए । अहिले विस्फोट भएको गेट विमानस्थलको तीनवटान गेटमध्येको एक हो, जुन चेतावनीपछि बन्द गरिएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win