+
+
-- Sponsored Ad --

सन्दीप बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

408 पटक हेरिएको
Clock २०७८ भाद्र १०, बिहीबार २३:१५
-- Sponsored --

नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्नुहुने भएको छ । अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो ।

गत वर्ष पनि उहाँ सोही टोलीमा अनुबन्धित हुनुभएको थियो । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ । गत वर्षको बिबिएलमा उहाँले आठ खेलमा आठ विकेट लिनुभएको थियो । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।

लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसक्नुभएको छ । सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उहाँले आठ खेलमा ११ विकेट लिनुभएको थियो । सन् २०१९ मा दोस्रो पटक बिबिएलमा उहाँले १३ खेलमा १५ विकेट लिनुभएको थियो । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि उहाँ हाल ओमानमा हुनुहुन्छ ।

उक्त सिरिजका कारण लामिछानेले यस पटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता त्याग्नुभएको थियो । यसपटक उहाँले राहदानीको समस्याका कारण बेलायतमा भएको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउनुपरेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win