बहालवाला सरकारी कर्मचारी, शिक्षक र प्राध्यापकले माधव नेपालको पार्टी सदस्यता नपाउने

काठमाडौँ । ‘जुन हिसाबको संस्कार, जुन किसिमको परिपाटी केपी ओलीले स्थापित गर्न खोज्नुभएको छ त्यो भन्दा नितान्त भिन्न यो हुनेछ’, नव गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार निर्वाचन आयोगले आफ्नो पार्टीलाई मान्यता दिएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो पार्टी क्रान्तिकारी र संस्कारयुक्त हुनेछ ।’

केपी ओलीले एमाले पार्टीलाई निजी कम्पनी ठानेर आफूहरूलाई निष्कासन गरेपछि नयाँ पार्टी गठन गर्न बाध्य भएको बताएका नेपालले विद्रोहीहरूको पार्टी भएकाले सोही अनुसार अघि बढ्ने समेत बताए ।

‘विद्रोही चेत र आँटका साथ हामी अघि बढेका छौँ, हामी पुरानो लिकमा जाँदैनौं, पुरानो बाटो पछ्याउँदैनौँ’, अध्यक्ष नेपालको दाबी छ ।
त्यसो त नेकपा (एकीकृत समाजवादी) ले कस्ता कस्ता व्यक्तिहरू पार्टीको सदस्य बन्न सक्छन् भन्ने विधानमा उल्लेख गरेको छ ।

नेकपा एस को विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था गरिएको छ । विधानअनुसार बहालवाला सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकले सदस्यता लिन नै पाउने छैनन् ।

त्यस्तै नेकपा समाजवादीको सदस्य बन्न भ्रष्टाचार नगरेको, जबरजस्ती करणी र मानव बेचबिखनमा नमुछिएको र लागु औषध ओसारपसारजस्ता नैतिक पतन र फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्ति मात्र योग्य हुनेछ ।

‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध विक्री तथा वितरण, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्ति हुनुपर्नेछ’, सो पार्टीको विधानमा भनिएको छ ।

यस्ता छन् नेकपा (एकीकृत समाजवादी) को सदस्य बन्ने १४ प्रावधान :

१. १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक ।

२. भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको ।

३. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको ।

४. कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानुन बमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य नरहेको । ५. नैतिकवान् र स्वच्छ चरित्र भएको ।

६. मानसिक सन्तुलन नगुमेको ।

७.  नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नभोगिरहेकोे । ८. प्रचलित कानुनले अयोग्य नभएको ।

९. पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी रहेको ।

१०. पार्टीको सिद्धान्त, कार्यक्रम र नीति आत्मसाथ गरी कार्यान्वयन गर्न तत्पर ।

११. पार्टीको विधान र नियमावली मान्न तत्पर ।

१२. पार्टीको कुनै जन सङ्गठन वा संयन्त्रमा सङ्गठित भई जिम्मेवारी पूरा गर्न तत्पर ।

१३. उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्पर ।

१४. समाजमा रहेका अवैज्ञानिक धारणा तथा अन्धविश्वासबाट सिर्जित समस्या हटाउनका लागि क्रियाशील हुन तत्पर रहेको । 

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ७, सोमबार २१:४७
  • 16 views
स्ववियु निर्वाचन चैत ५ गते हुने

७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

विस्तृत.....

  • २०८१ पुष २८, आईतवार २२:०८
  • 24 views
अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *