+
+
-- Sponsored Ad --

क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै जिल्लाहरूमा निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

846 पटक हेरिएको
Clock २०७८ भाद्र १३, आईतवार ०८:०३
-- Sponsored --

नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली धमाधम पार्टीको वेबसाइटबाट सार्वजनिक गरिरहेको छ।

सुरूमा ३८ जिल्लाको नामावली राखेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अहिले ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकेको छ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको थियो।

नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

 
 

उनकाअनुसार क्रियाशील सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको छ। निर्वाचन अधिकृत जिल्ला जाँदा क्रियाशील सदस्यको सूचीसमेत लैजान्छन्।

कांग्रेसले यही भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने बताएको छ। छ हजार सात सय ४३ वडामा एकै दिन अधिवेशन गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको थियो।

कांग्रेसलाई भदौ २३ भित्रै वडा अधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यसपछि अधिवेशन गर्दा वैधानिकताको प्रश्न उठ्ने भएकोले कांग्रेसले भदौ १८ मै वडा अधिवेशन गर्न लागेको हो।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। कांग्रेसमा यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन्। क्रियाशील सदस्यको सूचीमा जिल्ला सभापतिकै नाम नभेटिएका गुनासा पनि सुनिएका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win