दरौखोलामा अन्तर वडा स्तरिय भलिवल महोत्सव हुने ।

  • समाचार
  • २०७७ फाल्गुन २८, शुक्रबार ०८:३५

एन सञ्चार डेस्क । फागुन २८ ।।
दरौखोला युवा परिवार अर्जुन चौपारी गाउपालीका १ स्याङजाको आयोजनामा विगतमा झै यस वर्ष पनि नेपालीहरुको महान पर्व होलीपुर्णिमाको अवसरमा विविध सास्कृतिक कार्यक्रम सहित वृहत दरौखोला भलिवल महोत्सव सम्पन्न हुने भएको छ ।
अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगीता सहित ,घैटो फुटाउने, रसि तान्ने , प्रतियोगिता लगाएत राष्ट्रीय स्तरका कलाकारहरुको साथमा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष ललित थापामगरले जानकारी दिनुभयो ।
विगत ४० वर्ष अगाडी देखी सञ्चालन गरिदै आएको यस भलिवल प्रतियोगिता अर्जुनचौपारी गाउपालीका भरिकै ठुलो धनरासीको प्रतियोगिता रहेको र यस कार्यक्रमलाइ भव्य महोत्सवको रुपमा मनाउन लागिएको समेत अध्यक्ष थापाले जानकारी दिनुभयो ।
यहि चैत्र ९ गते वाट सुरु हुने भलिवल महोत्सव चैत्र १५ गते सम्पन्न हुनेछ । खेलमा प्रथम हुने समुहले नगद रु ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तै द्धितिय हुनेले क्रमसः ५० हजार शिल्ड मेडल र प्रमाण पत्र, तृतिय हुनेले २५ हजार शिल्ड मेडल र प्रमाण पत्र र शान्त्वना हुने समुहले नगद रु १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।
खेल दरौखोला युवा परिवार अर्जुनचौपारीको खेलमैदानमा सम्पन्न हुनेछ भने समुह दर्ता शुल्क रु ५ हजार कायम गरिएको छ ।
चैत्र ९ गते दिउसो २ वजे उदघाटन हुने सो कार्यक्रम चैत्र १५ गते विजेता समुह हरुलाइ पुरस्कार वितरण सहित विधिवत रुपमा सम्पन्न हुनेछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 17 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 14 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *