लागूऔषधसहित एक युवक पक्राउ

  • समाचार
  • २०७८ भाद्र १६, बुधबार २३:४१

पोखरामा ठुलो मात्रामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । गोरखा गण्डकी गाउँपालिका -६ घर भई पोखरा -०९ पृथ्वीचोक बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङ ३३३ एम्पुल लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका अनुसार गुरुङ डाइजापाम १११ थान , फेनरागन १११ थान र नुर्फिन १११ थान एम्पुलसहित मंगलबार दिउसो ४:३० बजे पृथ्वीचोक बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट १२ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *