+
+
-- Sponsored Ad --

लागूऔषधसहित एक युवक पक्राउ

537 पटक हेरिएको
Clock २०७८ भाद्र १६, बुधबार २३:४१
-- Sponsored --

पोखरामा ठुलो मात्रामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । गोरखा गण्डकी गाउँपालिका -६ घर भई पोखरा -०९ पृथ्वीचोक बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङ ३३३ एम्पुल लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका अनुसार गुरुङ डाइजापाम १११ थान , फेनरागन १११ थान र नुर्फिन १११ थान एम्पुलसहित मंगलबार दिउसो ४:३० बजे पृथ्वीचोक बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन्।

पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट १२ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win