+
+
-- Sponsored Ad --

काङ्ग्रेस महाधिवेशन रोक्नुपर्ने माग सहित सर्वोच्चमा रिट दायर ।

578 पटक हेरिएको
Clock २०७८ भाद्र १७, बिहीबार २१:३५
-- Sponsored --

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा परेको छ ।

कांग्रेसबाट बागमती प्रदेशसभा सांसद नरोत्तम वैद्य लगायतले कोरोना भाइरस संक्रमणको महामारीका बेला महाधिवेशन गर्नु उपयुक्त नहुने तर्क गर्दै रोक्न मागदाबी गरेका छन् ।

उनले पेस गरेको रिट निवेदन दर्ता भएर पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

निवेदकले तत्कालै महाधिवेशन रोक्न अन्तरिम आदेश समेत माग गरेका छन् । सर्वाेच्चले अन्तरिम आदेश दिएमा कांग्रेस महाधिवेशन तत्कालै रोकिने छ ।

कोरोना महामारी र क्रियाशील सदस्यता विवादका कारण पटक–पटक सर्दै आएको महाधिवेशनको मुखैमा सर्वाेच्चमा मुद्दा परेपछि फेरि संकट देखिएको छ । भोलि शुक्रबार देशभर वडा अधिवेशन गर्ने कार्यतालिका तोकिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×

छुटाउनुभयो कि ?

२ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुने छ । सिट बाँडफाँटको प्रस्ताव ल्याउन शीर्ष नेताहरुले कार्यदल गठन गरे पनि कार्यदलले खाका तयार पार्न सकेको छैन । सिट बाँडफाँटको खाका तयार पार्न नसकेपछि कार्यदलको मंगलबारको बैठकमा शीर्ष नेताहरुसँग छलफल गर्ने सहमति भएको थियो । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने छन् । कार्यदलका एक जना सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरुले सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेको भन्दै त्यसलाई केन्द्रमा राखेर निष्कर्षको चरणमा अगाडि बढेको बताए । गत २० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई साउन मसान्तभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

🎡 Spin & Win