Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुली नगरको अध्यक्षमा सेन ठकुरी राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुली नगरको अध्यक्षमा सेन ठकुरी - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुली नगरको अध्यक्षमा सेन ठकुरी

605 पटक हेरिएको
Clock २०७८ भाद्र २०, आईतवार ००:०१
-- Sponsored --

राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुली नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले २४ सदस्यीय नगर समितिको अध्यक्षमा तोप विक्रम सेन ठकुरी निर्विरोध चयन भएका छन् । अधिवेशनको उद्घाटन प्रमुख अतिथी केन्द्रिय कार्यसम्पादन समिति सदस्य विन्दु पाहाडीले गरेकी हुन ।

कार्यक्रममा स्वागत मन्तव्य सन्तोष थापा र सन्चालन भरत पराजुलीले गरेका थिए । कार्यक्रममा केन्द्रिय कार्यसम्पादन समिति सदस्य विन्दु पाहाडीले पार्टीको बर्तमान मुल सन्देस र संगठन बिस्तार बारे प्रष्टयाउदै नयाँ अध्यक्ष तथा सदस्य लगायतकालाई बधाई तथा सुभकामना ब्यक्त गरेकी हुन ।

त्यसैगरि सदस्यमा कल्पना श्रेष्ठ, सुनिता जि.सी, सन्तोष थापा, प्रेम जि.सी, भिमसेन अधिकारी, गंगा क्षेत्री, विष्णु अधिकारी, विर बहादुर मल्ल, विर बहादुर सेन, लालुमाया बुढाथोकी, वेग प्रसाद जि.सी, चक्र तिवारी, मिलन शाहा, टेक नारायण पंजीयार, सन्तोष रानाभाट, झनक गौतम, डोलराज हमाल, होम बहादुर खोजवार, मैया हमाल, किरण शशि सुबेदी, टिका शर्मा भुसाल, तिलक खड्का दान बहादुर पाण्डे रहेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win