प्रतिलिपी घरमा नछाड्दा विदेशमा मृत्यु भएकाको परिवारलाई राहत तथा क्षतिपूर्ति लिनै समस्या

कञ्चनपुर । रोजगारीका लागि राम्ररी नबुझि विदेश जाँदा म्यानपावरबाट ठगिने वा विदेशमै पुगेर पनि अधिकांश युवाहरुले दुःख पाउने गरेका छन् । प्रक्रिया पु¥याएर गएकाले पनि कागजातका प्रमाणहरु घरमा नछोड्दा र विदेशमै निधन हुँदासमेत सरकारबाट पाउने राहत तथा क्षतिपूर्ति पाउन समस्या हुने गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ की ३१ वर्षीया कौशिला विकका श्रीमान जयसिंह विकको गत वैशाखमा साउदी अरबमा निधन भयो । धन कमाउने आशामा विदेश गएको ५ महिनामै कौशिलाका श्रीमानको मृत्यु भएपछि उनको परिवारको विचल्ली भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उनको शवसमेत नेपाल ल्याउन सकेको छैन । दुई महिनासम्म कसैले श्रीमानको शव ल्याउन पहल गरिदिन्छ कि भन्ने आशमा बस्नु भएकी विकले पछि उतै अन्तिम संस्कार गर्न भन्नुभयो । सेतै पहिरनमा बसेकी उहाँलाई श्रीमानको अन्तिम संस्कार भयो वा भएन अहिलेसम्म जानकारी छैन ।

 

ऋण गरेर विदेश गएका जयसिंह विक तीन महिना जागिर बिना खाली बसेपछि चैत महिनाबाट मात्र काम सुरु गरेका थिए । तर वैशाखको पहिलो साता नै बिरामी परेर अस्पताल भर्ना भएका विकको २० गते मृत्युको खबर आयो । अहिले जयसिंहकोे परिवारलाई बस्नका लागि दुई कोठाको घरबाहेक खानका लागि अन्नसमेत छैन ।

कौशिलालाई एकातिर छोराछोरी पाल्ने चिन्ता छ भने अर्कोतिर श्रीमानले विदेश जाँदा लिएको झण्डै ११ लाख ऋणको भारी छ । श्रीमानले लिएको ऋणको पैसा माग्न साहु आउँदा उनी आत्तिएर बेहोस हुने गरेको छिमेकी बताउँछन् ।

पछिल्लो समय युवाहरु नबुझिकन विदेश जाने गरेका छन् । यसरी जानेहरुमध्ये कतिपय म्यानपावरबाटै ठगिएका छन् भने कतिपय काठको बाकसमा फर्किनु पर्ने अवस्था छ । तर जयसिंह विकले श्रम स्वीकृति लिएर गएको भएपनि त्यसको प्रतिलिपि भने घरमा नछोडकाले पीडित परिवारलाई सरकारबाट पाउने राहत तथा क्षतिपूर्तिको लागि प्रक्रिया अगाडी बढाउन समस्या भएको हो ।

तसर्थ रोजगारीका लागि विदेश जाँदा श्रम स्वीकृति लिएर जाने वा भएका कागजातहरुको प्रतिलिपि घर र आफन्तलाई छोडेमा त्यसले पीडित परिवारले बेलैमा राहत तथा क्षतिपूर्ति पाउन सहयोग पुग्नेछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 70 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *