+
+
-- Sponsored Ad --

बौद्ध संस्कृति अनुसार आज पञ्चदान पर्व मनाईंदै

346 पटक हेरिएको
Clock २०७८ भाद्र २०, आईतवार १०:५१
-- Sponsored --

काठमाडौं । बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाइंदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ ।

यस दिन दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ ।

एक दिन अघि बुद्ध प्रतिमा र दान दिने वस्तु घरको कोठामा जम्मा पारिन्छ । यसरी दान गरिने वस्तु राखिएको ठाउँलाई दानशाला भनिन्छ ।

यसदिन काठमाडौंको स्वयम्भू महाचैत्यमा दान दिने र लिनेको ठुलो भीड लाग्ने गर्दछ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win