कांग्रेसको ४३ जिल्लाको वडा अधिवेशन सकियो, क्रियाशिल सदस्यताको सूची नआएका २१ जिल्लामा अन्योल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजोसम्म ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ ।

क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । तर पार्टी मुख्यालयले अहिलेसम्म क्रियाशिल सदस्यता सूची टुंगो लगाउन नसकेका २१ जिल्लाको वडा अधिवेशन अनिश्चित देखिएको छ ।

शीर्ष नेतृत्व तहबाटै २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद नमिल्दा निर्वाचन समितिले नामावली पाएको छैन । कांग्रेसले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वटा वडामा भदौ १८ गते वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

अरू दलबाट समायोजन भएर आएकालाई सदस्यता दिने मापदण्डका विषयमा २१ जिल्लाको सदस्यता सूची अड्केको नेताहरू बताउँछन् ।

प्रदेश १ मा मोरङको सदस्यता सूची सार्वजनिक भएको छैन । प्रदेश २ का सबै ८ जिल्लाहरु सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साको सूची आउन बाँकी छ ।

बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको पनि सदस्यता सार्वजनिक भएको छैन ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 50 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 22 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *