0 प्रतिक्रिया
कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर रहने मुख्यमन्त्री पोखरेलकाे भनाइ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाहलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । मंगलबार मुख्यमन्त्री पोखरेल १८ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दैै स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका हुन् ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ नाराका साथ मनाउन लागिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती सेवाका राष्ट्रसेवक कर्मचारीलाई मुख्यमन्त्री पोखरेलले शुभकामना व्यक्त गरेका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



