+
+
-- Sponsored Ad --

सर्वाधिक महंगोमा विक्ने विष्फोटक पदार्थ युरेनियम सहित ४ जना पक्राउ

666 पटक हेरिएको
Clock २०७७ फाल्गुन २९, शनिबार ०८:१०
-- Sponsored --

काठमाडौं । प्रहरीले ६ अर्ब रुपैयाँ बराबरको बहुमूल्य विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको टोलीले बिहीबार बौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो ।

दुई किलो ५०० ग्राम युरेनियमसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी हरिबहादुर पालले जानकारी दिए । त्यसको नेपाली मूल्य ६ अर्ब रुपैयाँ बराबर पर्ने उनले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । नेपालमा युरेनियमसहित आरोपी पक्राउ गरिएको यो पहिलोपटक हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win