सर्वाधिक महंगोमा विक्ने विष्फोटक पदार्थ युरेनियम सहित ४ जना पक्राउ

  • समाचार
  • २०७७ फाल्गुन २९, शनिबार ०८:१०

काठमाडौं । प्रहरीले ६ अर्ब रुपैयाँ बराबरको बहुमूल्य विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको टोलीले बिहीबार बौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो ।

दुई किलो ५०० ग्राम युरेनियमसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी हरिबहादुर पालले जानकारी दिए । त्यसको नेपाली मूल्य ६ अर्ब रुपैयाँ बराबर पर्ने उनले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । नेपालमा युरेनियमसहित आरोपी पक्राउ गरिएको यो पहिलोपटक हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 17 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 14 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *