+
+
-- Sponsored Ad --

आज हरितालिका तीज : निराहार व्रत बसी भगवान शिवको आराधना गरिदै

359 पटक हेरिएको
Clock २०७८ भाद्र २४, बिहीबार ०८:३६
-- Sponsored --

काठमाडौं । आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् ।

हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ । निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गर्ने क्रम दिनभर चलिहरहने छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव बर पाउँ भनी कठोर तपस्या गरेको कथामा यो पर्व आधारित रहेको छ । चिकित्सकहरुले भने कोरोना महामारीको जोखिम अहिले पनि रहेकाले भौतिक दूरी कायम राख्ने र बढी भीडभाड नगरी तीज पर्व मनाउनु पर्ने सुझाव दिएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win