एमालेमा ओलीलाई ‘काउण्टर’ : खनाल-नेपालद्वारा समानान्तर कमिटी गठन
काठमाडौं : नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई काउण्टर दिनका लागि बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो।
एमालेका जारी केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी गठन गरेको हो। जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र गण्डकीकाे जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएकाे छ। यस्तै लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ।
बैठकले रघुजी पन्त युवा विभाग, गोकर्ण बिष्टलाई विद्यार्थी विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला विभाग र प्रमेश हमाल बुद्धिजीवी विभागको प्रमुख ताेकेको छ।
शुक्रबार बसेको ओली पक्षको बैठकले नेपाल-खनाल समूहका नेताहरुको जिम्मेवारी खाेस्दै माओवादी केन्द्रबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश