+
+
-- Sponsored Ad --

सत्ता गठबन्धनमा जुटेन सहमति, साँझ फेरि बस्‍ने

415 पटक हेरिएको
Clock २०७८ भाद्र २५, शुक्रबार १२:१५
-- Sponsored --

काठमाडौं :  सत्ता गठबन्धनका शीर्ष नेताहरूको  बैठक सकिएको छ। 

बैठक आज साँझ पुनः बस्ने गरी सकिएको हो। बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरूको नाम छिटो दिन आग्रह गरे। मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले गठबन्धनमा आबद्ध नेताहरूलाई आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुङ्ग्याएर दिन आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। 

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी बारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको उनले बताइन्। एमसीसीका बारेमा गठबन्धनमा एकमत छैन्। कांग्रेस र जसपा पारित गर्ने पक्षमा छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा पारित नगर्ने पक्षमा रहेकाे छ। जसले गर्दा गठबन्धनमा सहमति नजुटेको हो। बिहानको बैठकमा यस विषयमा छलफल भए पनि एकमत हुन नसकेपछि बैठक फेरि बस्ने गरि सकिएको हो। 

यस्तै आज बस्ने संसद् बैठकमा विभिन्न अध्यादेश पेस गर्ने विषयमा पनि छलफल भएको पौडेलले जानकारी दिइन्। समय अभावका कारण छलफल नटुङ्गिएपछि आजै बेलुकी ६ बजे पुनः बैठक बस्ने गरी बैठक टुङ्गाइएको उनले बताइन्।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेल सहभागी थिए। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win