संखुवासभा घटना: अन्तरवार्ता दिँदै हिँडे नै हत्यारा
गत सोमवार विहानै संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । हत्या भएर शव यत्रतत्र देखेर गाउँलेलाई खबर गर्ने सवैभन्दा पहिलो व्यक्ति त्यहीका लोकबहादुर कार्की थिए । पहिलो प्रत्यक्षदर्शी भनेपछि धेरैले उनीसँग अन्तरवार्ता पनि लिए । त्यस क्रममा गाउँमा त्यस्तो शंकाष्पद कोही व्यक्त नरहेको र हत्याबाट मृत्यु हुनेहरुको कोही दुष्मनी नरहेको उनैले बताउँदै आए ।
ठूलोबुबा समेत पर्ने भन्दै उनले हत्या गर्नेलाई त्यसै छाड्न हुन्न समेत भनेका छन् । तर अपशोच घटनाको चार दिनपछि भने प्रहरीले उनको घरबाट रगत लागेको कपडा, फलामको रड र चिर्पट फेला पा¥यो । प्रहरीको अनुसन्धान त्यतै केन्द्रीत रह्यो । विदेश भएका छोराहरुले पैसा पठाएर झापमा जग्गा किन्न वैना समेत गरेका उनीहरुको हत्या पैसाका कारण भएको तर्फ प्रहरीले सुरुमा अनुसन्धान केन्द्रीत गरेको थियो । तर पैसा सुन सवै जस्ताको त्यस्तै रहेपछि प्रहरीले तालिमप्राप्त कुकुर समेत लिएर घटनास्थलमा अनुसन्धान थाल्यो ।
तर कुकुरले पनि शंका नगरेको उनै लोकबहादुर शुक्रबार पक्राउ परेका छन् । प्रहरीले आज उनलाई सार्वजनिक गर्ने तयारी गर्दैछ । ठूलोबुवा नाता पर्नेले पटक पटक आफूलाई गाली गलौज गर्ने र सहन नसकेको हत्या गरेको बताएको प्रहरीको भनाई छ । २६ वर्षीय लोकबहादुर हत्या भएका तेजबहादुर कार्कीका भतिजा हुन । उनीहरूको घरको दूरी करिब १ सय ५० मिटरमात्रै छ । बयानमा लोकबहादुरले ६ जनाको हत्या आफूले गरेको स्विकारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन । प्रहरीका अनुसार सोमबार बिहानै घरबाट निस्किएका तेजबहादुरलाई बाटोमा ढुकेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए ।
उक्त घटना देखेपछि श्रीमती मनमाया र बुहारी रञ्जना घरबाट दौडिँदै पुगेका थिए । हल्ला हुने डरले उनीहरूलाई पनि घरनजिकै खोलाछेउमा फलामको रडले हिर्काएर हत्या गरेको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको छ । मृतक सबैको टाउकोमा चोट लागेको थियो । आमा र हजुरआमालाई हत्या गरेको नाति विपिन र नातिनी गोमाले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरूलाई पनि खेदेर बारीमा हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको र पछि घरमा पसेर तेजबहादुरकी आमा पार्वतीको पनि हत्या गरिएको थियो ।
तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया, आमा पार्वती, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले आज विस्तृतमा घटनावारे बताउँदै पक्राउ परेका उनलाई समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश