+
+
-- Sponsored Ad --

नेपाल पत्रकार महासंघ नवलपुरद्धारा आम सन्चार विधेयक फिर्ता लिन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र पेश

466 पटक हेरिएको
Clock २०७८ आश्विन ४, सोमबार २१:३२
-- Sponsored --

साउन ४, कावासोति, नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको आम संचार विधेयक फिर्ता लिन माग गर्दै मुख्यमन्त्री कृष्ण चन्द्र नेपालि (पोखरेल)लाई ज्ञापन पत्र पेश गरेको छ ।

प्रस्तुत विधेयकका प्रावधानहरु नेपालको संविधानले प्रदत गरेको अधिकार अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल रहेको भन्दै तत्काल फिर्ता लिनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको हो ।

प्रेसलाई नियन्त्रण गर्ने गरि ल्याईएको विधेयक आफुहरुलाई मान्य नहुने भन्दै महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको नेतृत्वमा पत्रकारहरुले विधेयक तत्काल फिर्ता लिन आग्रह गर्दै प्र.जि.अ. पंगेनीलाई ज्ञापन पत्र बुझाएको हो ।

गण्डकी प्रदेश सरकारले प्रदेश सभाको विधायन समितिमा टेबल गरेको विधयेकको सम्पूर्ण पत्रकारीता क्षेत्रले बिरोध जनाउँदै विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win