Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
झाँक्रेका एक बालक बेपत्ता, खोजीकार्य जारी झाँक्रेका एक बालक बेपत्ता, खोजीकार्य जारी - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

झाँक्रेका एक बालक बेपत्ता, खोजीकार्य जारी

672 पटक हेरिएको
Clock २०७८ आश्विन ४, सोमबार २२:३७
-- Sponsored --

देवचुली नगरपालिका वडा नं ४ झाँक्रेका एक बालक विगत एक हप्तादेखि बेपत्ता भएका छन् । स्थानीय श्याम बहादुर नेपालीका छोरा ११ बर्षीय रेम बहादुर नेपाली (सोमई) गत भाद्र २९ गते मंगलबार बिहानदेखि बेपत्ता भएका हुन् ।

मंगलबार बिहान आफ्नो जेठो दाजु तोमसँग एकछिन गाउँ डुलेर आउँछु भन्दै साईकल लिएर गएका रेम (सोमई) बेलुकीसम्म घर नफर्केको सोमईका बुबाले बताउनुभयो । सोमईका बुबा र आमा किसानी गर्ने भएकाले बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म खेतबारीमै रहने बताए ।

सधैजसो उनीहरु मंगलबार पनि खेतमा काम गर्न गएका थिए साँझ खेतबाट घर फर्किदा छोरो घरमा नभएपछि खोजी गर्न थालेको बुबा नेपालीले बताउनुभयो । गाउँतिर आफन्त सबैकोमा खोजीयो तर कतै कुनै पत्ता नलागेपछि ईलाका प्रहरी कार्यालय रजहरमा जानकारी गराएको सोमईका बुबाले बताउनुभयो ।

प्रहरी पनि खोजीकार्यमा लागिरहेको छ । बेपत्ता भएका बालकले माथि कोठे शर्ट, तल ट्रयाक र कालो तुना चप्पल लगाएको छन् । भेटाउनु हुने माहानुभावहरुले ९८११९२४९८५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win