+
+
-- Sponsored Ad --

२४ घण्टामा संक्रमणको केस भन्दा निको हुने बढी

361 पटक हेरिएको
Clock २०७८ आश्विन १०, आईतवार २१:४२
-- Sponsored --

सरकारले पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको केसभन्दा निको हुने बढी रहेका जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ सय ३४ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या एक हजार दुई सय ७९ रहेको छ ।

८ हजार पाँच सय ८९ नमुनाको पीसीआर परीक्षण गर्दा सात सय ३० जना र पाँच हजार एक सय ४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा एक सय ४ गरी ८३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार एक सय ४२ जना रहेका छन् ।

जसमध्ये १७ हजार आठ सय १३ जना होम आइसोलेसन र एक हजार तीन सय २९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयकाअनुसार तीन सय ६८ जना संक्रमित आईसीयू र एक सय २० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win