कावासोति नगरपालिकामा भोली सार्वजनिक विदा
असोज १२, कावासोती।। कावासोति नगरपालिकाले एक सुचना जारि गरि जितिया पर्वको अवसरमा बुधबार नगरपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक कार्यालयहरुमा सार्वजनिक विदा दिईएको बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेद्धारा हस्ताक्षरित सुचनामा कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्ड पालना गरि जितिया पर्व मनाउन आग्रह समेत गरिएको छ ।
जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।
मैथिली र थारु समुदायका महिलाले मंगलबार बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन् । उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिने धार्मिक विश्वास रहिआएको छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले