प्रभावकारी उदघोषण या भाषणकला कसरी गर्ने ?

उद्घोषकः

विविध सभा, समारोह वा सांस्कृतिक कार्यक्रम प्रथमतः बोल्ने वा कार्यक्रमको बारेमा क्रमबद्धरुपमा दर्शक वा श्रोतालाई जानकारी गराउने व्यक्तिलाई उद्घोषक भनिन्छ।
उद्घोषक पाँच अक्षर मिलेर बनेको छ। जसमा (उदघाेषक) काे अर्थ हुन्छ ।
उः भनेको उत्कृष्ट आवाज भएको
दः भनेको केही दक्षता हासिल गरेको,
घोः बाट घोषणा गर्ने व्यक्ति
षः बाट सटिक जवाफ दिने व्यक्ति र
कः भनेको कर्र्णाप्रय आवाजको धनी या काल्पनिक शक्ति भएको भन्ने बुझिन्छ ।

सर्वप्रथम त एक कुशल उद्घोषक बन्नका लागि (5W1H)  को ज्ञान हुनु नितान्त आवश्यक छ।

(5W1H) भनेको नेपालीमा (६क) भन्ने बुझिन्छ।

(६क) भनेको के हो ?

जसरी 5W भनेको What – Where – When – Who – Why र 1H भनेको How – भन्ने अर्थ लाग्छ।
नेपालीमा (६क) भन्नाले
कार्यक्रमको के हो ?
कार्यक्रम कहाँ हुँदैछ ?
कार्यक्रम कहिले हुँदैछ ?
कार्यक्रमको आयोजक तथा प्रायोजक को हो ?
कार्यक्रम कसरी हुँदैछ भन्ने कुराको ज्ञान एक कुशल कार्यक्रम उद्घोषकमा हुनुपर्छ। कार्यक्रमको सुरुवातमा नै यी ६ वटा प्रश्नको उत्तरको आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्दछ।

(5W1H) को आधारमा कार्यक्रम चलाउँदा प्रस्तुत गरिने सानो उदाहरणः 

नमस्कार, म……………..

आज मिति २०७४ साल फागुन १३ गते आइतवारका दिन । यस ……………………..को आयोजनामा हुन गइरहेको …………………………………….लागि आयोजना गरिएको ५ दिने उद्घोषण कला तालिमको समुद्घाटन समारोहमा पाल्नुभएका सम्पूर्ण महानुभावहरुमा म कार्यक्रम सञ्चालक ……………………………….को तर्फबाट न्यानो न्यानो अभिवादन।
माथि उल्लेखित उदाहरणमा ६ वटा क को उत्तर आएको छ। त्यसैगरी कार्यक्रममा अतिथि ग्रहणदेखि लिएर समापन विधिपुर्वक गरिन्छ तर अनौपचारिक कार्यक्रममा आशन ग्रहण केही पनि हुँदैन। जहाँ उद्घघोषकले सिधैं कार्यक्रम सञ्चालन गर्ने चलन छ।
सम्पूर्ण उद्घघोषकलाई समस्या पर्ने भनेको आशन ग्रहणको बेलामा हुन सक्छ।

आसन ग्रहण कसरी गराउने भन्ने तरिका सिकौं।

सर्वप्रथम त सभापतिको आसन ग्रहण गराउनुपर्छ। सम्झनुहोस, त्यस कार्यक्रमको सभापति त्यही कार्यक्रम सञ्चालन गर्ने संस्थाकै हुनुपर्छ। कहिल्यै पनि बाहिरबाट बोलाइएका पाहुनालाई सभापति बनाउनु हुँदैन। दोस्रोमा प्रमुख अतिथिको आसन ग्रहण गराउनुपर्छ तर कुनै कार्यक्रममा त विशिष् अतिथि पनि बोलाउने चलन हुनसक्छ, त्यस्तो अवस्थामा फेरि प्रमखु अतिथि भन्दा अगाडि विशेष अतिथिलाई आसनग्रहणका लागि अनुरोध गर्नुपर्छ तेस्रोमा क्रमशः अतिथिहरुको संख्या हेरेर आसनग्रहण गराउनुपर्दछ। अन्त्यमा कार्यक्रम संयोजकलाई आसन ग्रहण गर्न लगाउनुपर्छ। कार्यक्रम संयोजक पनि त्यही संस्थामा आवद्ध व्यक्ति हुनुपर्छ।
आसनग्रहणपछि आसन गरिसकेका सबै अतिथि वर्गलगायत मञ्चको अगाडि बसेकाहरुलाई ब्याच वितरण गर्नुपर्छ। ब्याच वितरण गर्दा वितरकहरु महिला हुनु राम्रो मानिन्छ। ब्याच वितरण भइरहेको बेलामा उद्घोषकले आफ्नो कार्यक्रमको भूमिका बाँध्न पाइन्छ। ब्याच वितरण सकिएपछाडि स्वागत गीत र राष्ट्रिय गीत वा प्रार्थना प्रस्तुत गर्नुपर्छ, आफूसँग जे उपलब्ध छ। त्यही प्रस्तुत गर्नुहोस्।
त्यसपछि कार्यक्रमबारे जानकारी र स्वागत मन्तव्य राखिदिनका लागि मञ्चमा आशन ग्रहण गरिरहनुभएका कार्यक्रम संयोजकलाई बोलाउनुपर्छ। त्यसपश्चात कार्यक्रमको विधिवत् रुपमा कार्यक्रमको उद्घाटन गरिदिनुहुन प्रमुख अतिथिलाई अनुरोध गर्नु पर्दछ। कार्यक्रमको उद्घाटन गर्ने तरिकाहरु फरकरफरक हुन सक्दछन्। कतै माइक्रोफोन अन गरेर गरिन्छ। कतै पानसमा दीप प्रज्वलन गरेर गरिन्छ भने कतै(कतै रिबन काटेर गरिन्छ। अनि कार्यक्रमको विषय वस्तु अनुसार शुभकामना मनतव्य अथवा अन्य कार्य गरिन्छ । बीच(बीचमा विविध प्रस्तुतिहरु भएमा राख्न पनि सकिन्छ। अन्त्यमा कार्यक्रमको विधिवत्रुपमा समापन भएको जानकारी दिनका लागि कार्यक्रमका सभापतिलाई अनुरोध गर्दै कार्यक्रम सञ्चालक बिदा हुनुपर्दछ।
उद्घोषक बन्नका लागि सर्वप्रथम त बोल्ने बानीको विकास भएको हुनुपर्दछ। उद्घोषक जहिले पनि निडर, साहसी र आत्मविश्वासी हुनुपर्छ। बोल्दा लजाउने व्यक्ति कदापि उद्घोषक बन्न सक्दैन। उद्घोषकले दर्शक र कार्यक्रमबीच पुलको काम गर्ने भएकोले उद्घोषक अति नै प्रभावकारी हुनुपर्दछ। कार्यक्रम राम्रो हुने या नहुने र भइरहेका दर्शकलाई बसुवसु बनाउने उद्घोषककै आवाजले हो।
उद्घोषकको आवाज सदा उत्कृष्ट हुनुपर्दछ। उद्घोषकले अतिथिहरुलाई आसन ग्रहण गराउँदा पहिला पद र नाम स्पष्टसँग उच्चारण गर्नुपर्दछ। उद्घोषकले कहिल्यै पनि पद र संस्थाको नाम उच्चारण गर्दा संक्षिप्त रुप प्रयोग गर्नुहुँदैन।

एक कुशल उद्घोषकमा हुुनुपर्ने गुणहरु:

उद्घोषकले गर्न नहुने कुराहरुः

माइक्रोफोन टेष्ट गर्ने बेलामा फु”फु”फु” गर्नुहुँदैन। बरु माइक्रोफोन टेष्ट गर्दा हेलो ”हेलो” हेलो १,२,३ भन्नु राम्रो हुन्छ। माइक्रोफोन अगाडि हेलचेक्राई गर्नुहुँदैन। गोजीमा हात राख्नु हुँदैन। शरीर हल्लाउनुहुँदैन, खुट्टा हल्लाउने नगरौं। नाक, कोट्याउने, कान कोट्याउने तथा कपाल कनाउने जस्ता काम पनि गर्नुहुँदैन। नङ टोक्ने, पेन टिक(टिक पार्ने, पैसा बजाउने काम गर्नुहुँदैन । ध्यान अन्यत्रतिर लैजाउनु हुँदैन । समयप्रति वेवास्ता गर्नु हुँदैन । राष्ट्रभाषाको अनादर गर्नु हुँदैन । अनावश्यक वैदेशिक भाषाको प्रयोग गर्नुहुँदैन । वक्तालाई आक्षेप लगाउनु हुँदैन । व्यक्तिगत तर्फबाट कुनै पनि वक्तालाई उतारचढाव गर्नुहुँदैन । ठाडो र अशिष्ट भाषा प्रयोग गर्नुहुँदैन । शब्द दोर्होयाउनु हुँदैन । कुनै पनि थेगो प्रयोग गर्नुहुँदैन । जाँड, रक्सी, चुरोट, बिंडी, अमिलो, पिरो, चिल्लो, प्याजजस्ता चिज सेवन गरी कार्यक्रम सञ्चालन गर्नुहुँदैन।
अन्त्यमा, कार्यक्रममा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राख्नुपर्दछ। दर्शकले मन्तव्यमात्र पनि मन पराउँदैनन्। कार्यक्रम उद्घघोषक केटा भएमा (V) आकारमा उभिनु पर्छ। महिला उद्घोषक भए (L) आकारमा उभिनु पर्दछ। उद्घोषकले आफ्नो ड्रेसअपमा पनि विशेष ध्यान दिनुपर्दछ। सर्ट र पाइन्ट आइरन गरेको र टाइसुट आदि कार्यक्रमको प्रकृति अनुसार हुनु पनि आवश्यक छ। माइक्रोफोन समाउँदा तारलाई अलिकति बटारेर मुखबाट माइक्रोको दुरी ६ औला हुनुपर्दछ। उद्घघोषक भइसकेपछाडि मासको अगाडि बोल्न डराउँनुहुँदैन।
भनिन्छ नि (बोल्नेको पिठो बिक्छ, नबोल्नेको चाम पनि बिक्दैन। त्यसैले मन दह्रो पारेर कार्यक्रम चलाउने प्रयास गर्नुस् सफल उद्घोषक अवश्य बन्नुहुनेछ।

सार्वजनिक कार्यक्रममा वोल्दा ध्यान दिनु पर्ने कुराहरु:

१ वोल्नु पर्ने विषय वस्तु राम्रो तयारी गर्ने
२ आत्मविश्वास वढाउने , डर हटाउने
३ अरुको हुबहु नक्कल गर्नुको सट्टा आफ्नै मौलिक शैलिमा वोल्ने
४ वोल्न सुरु गर्नु अगाडि मञ्चवाट एक नजर चारैतिर हेर्ने
५ माइक्रोफोन धेरै नजिक वा धेरै टाढा नराख्ने साथै फु फु गरेर माइक्रो फोनमा नफुक्ने ।
६ वोलिरहेको वेलामा पनि सवैतिर हेर्दै वोल्ने ,एका पट्टी मात्रै वा भुइतिर नहेर्ने
७ वोल्ने क्रममा एउटै हाउभाउ र एउटै शव्द पटक पटक नदोहोर्याउने
८ इदि दर्शकले हुटिङ दिइ रहेका वा तालि वजाइ रहेका हुन्छन् त्यो वेला नवोल्ने वा त्यो कुरा फेरी दोहोर्याएर वोल्ने
९ आफ्ना कुरा , भाषण , दर्शकलाइ कस्तो लागिरहेको छ विचार गर्ने
१० दर्शक दिर्घ तर्फ चोरीऔला ताक्ने , जीउ अघिपछि अघिपछि हल्लाउने , खल्तिमा हात राख्ने आदि नगर्ने ।
                                                                              एनसञ्चार अनलाइन (www.nsancharonline.com)

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १३, आईतवार २२:०४
    • 93 views
    अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

    कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने…

    विस्तृत.....

    • २०८१ माघ १, मंगलवार १६:१७
    • 43 views
    यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

    कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *