+
+
-- Sponsored Ad --

जुङ्गाको युद्ध कायमै छ , खासमा को चाँहि महानायक ?

500 पटक हेरिएको
Clock २०७८ आश्विन २६, मंगलवार २२:००
-- Sponsored --

२६ असोज, कावासोती,प्रकाश भुसाल|| नेपालको राजनितिमा पाए जो पनि प्रधानमन्त्री बन्न तयार भए जस्तै चलचित्र क्षेत्रमा पनि को महानायक भन्ने चर्चा सेलाउन पाएको छैन।

रङ्ग पत्रकार प्रकाश सुबेदीको कार्यक्रममा दिपाश्री निरौलाले को महानायक ? भनेर अभिनेता राजेश हमालको फिल्मी करीयर माथि प्रश्न उठाएपछि र अर्का कलाकार दीपकराज गिरि समेतले उस्तै अभिब्यक्ति दिएपछि यो प्रसङ्ग बढि बिबदास्पद बन्यो । त्यसो त नायक राजेश हमाल भने यो बिषय आम दर्शकको आँफुप्रतिको माया बताउछन नकि कसैले दिएको अवार्ड ।

उता नायकद्वय भुवन के सी तथा शिव श्रेष्ठ समेतले आफुहरु राजेश हमाल भन्दा अघि नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेता बनिसकेको अभिब्यक्ति दिएपछि यो चर्चा अझै बढि तरङ्गित बन्यो ।

त्यसपछि प्यानल बदल्नेहरु धेरै आए। निर्माता निर्देशक शोभित बस्नेतको त के कुरा गर्नु बिबादास्पद् अभिब्यक्ति दिएर बल्ल बल्ल हलमा झरेको डाँडैको बरपिपलको लागि दर्शक तान्न राजेश हमालको फोटो राखेर एक कार्यक्रममा माफि नै माग्नु पर्यो।

निर्देशक शोभित बस्नेतले महानायक प्रकरणमा आफूले बोलेर गल्ती गरेको बताएका छन्। कोरोना महामारी केही कम भएपछि सोमबार हलमा लागेको आफ्नो फिल्म ‘डाँडाको बरपीपल’ हेरिसकेपछि बस्नेतले महानायक राजेश हमाल नै भएको बताएका छन्।

‘हो मैले गल्ती बोलेकै हो। यो कुरा मैले कयौँ पटक भनिसकेँ’, उनले भने, ‘गल्ती बोलेको कुरामा मैले यसअघि नै बोलिसकेको छु।’त्यस्तै उनका पुत्र एवम् कलाकार सलोन बस्नेतले पनि महानायक प्रकरणमा आफूले पहिले नै बोलिसकेकोले अब थप नबोल्ने प्रतिक्रिया पत्रकारलाई दिए।

आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को ‘काट्दिम्ला जुँगा जम्मै’ गीत सार्वजनिक कार्यक्रममा उनले ‘भुवन केसी मात्रै नेपाली फिल्म क्षेत्रको असली महानायक’ भनेपछि विवादमा परेका थिए।

फिल्म क्षेत्रमा एक रुपैयाँ लगानी नगरेकाले यो उपाधिको हकदार राजेश हमाल हुन नसक्ने तर्क गरेपछि उनी सामाजिक सञ्जालमा चर्को आलोचनाको शिकार भएका छन्। 
 
उनको यो अभिव्यक्तिले उनी निर्देशित फिल्मलाई बहिस्कार गर्नेसम्म अभियान चल्यो। करिब एक करोड लगानीमा बनेको भनिएको फिल्म हेर्न दर्शक हलसम्म नआउने भएपछि झस्किएका उनले यसअघि नै माफी मागिसकेका थिए। 

यसअघि नै उनले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा राजेश हमालको तस्विरलाई प्रमुख अतिथि बनाएर आफ्नो बुझाइ गलत रहेको भन्दै दर्शकसँग माफी मागेका थिए।उनले हमाललाई ‘महानायक’ र केसीलाई ‘सुपरस्टार’ भन्ने वाचा गरिसकेका छन्।

एकातिर फिल्मी क्षेत्रमा महानायक हुन लगानी नै गर्नुपर्ने हो कि राम्रा फिल्म दिने हो भन्ने बहस अगाडि आएको छ भने अर्कोतर्फ तिनसयबढि फिल्म खेलेको अभिनेता जसले पचिस बर्ष नेपालको फिल्मी क्षेत्रमा लगाइएको लगानी वालुवामा पानी हुँन नदिएको र नेपाली फिल्मको साख जोगाएको हुँदा राजेश हमालको उचाई र महानायक उपाधि समानान्तर हो भन्नेहरु पनि छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win