+
+
-- Sponsored Ad --

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

313 पटक हेरिएको
Clock २०७८ आश्विन ३१, आईतवार १०:४२
-- Sponsored --

३१ असोज, काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा शनिबार बेलुका दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया-७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते चार जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पताल ल्याइएको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win