दसैँ सकिन नपाउँदै गृहमन्त्री खाँणले गरे १२ सिडियोको सरुवा

कात्तिक १, २०७८। कावासोती ।। गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार गृहमन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरिएको हो । 

गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ । जगन्नाथ पन्तलाई गृहमन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधी खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ । 

वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेवारी दिँदा विष्णु पौडेललाई अर्घाआँचीबाट गृहमन्त्रालय तानिएको छ । 

राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिँदा स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । एजेन्सी ।
 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 36 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *