साफ उपविजेता फुटबल टोलीका प्रत्येक खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख:मन्त्रिपरिषद्, कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौं, कात्तिक १ ।

मन्त्रिपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।  त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । उनले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिइने निर्णय गरेको पनि बताए । त्यस्तै मन्त्रीपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए । एजेन्सी ।

 
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 6 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *