भारतमा कोरोना खोप लगाउनेको संख्या १ अर्ब नाघ्यो

४ कात्तिक, काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक अर्ब नाघेको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बिहीबार बिहानसम्म कोभिड-१९ विरुद्धको खोपको डोज लगाउने संख्या एक अर्ब नाघेको हो । खोप लगाउनेको संख्या एक अर्ब नाघेसँगै कोभिडविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण उपलब्धि हात पारेको छ ।

भारतमा जनवरी १६ देखि कोभिड खोप लगाउन शुरु गरिएको थियो । शुरुमा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो भने फेब्रुअरी २ देखि अग्रपंक्तिमा खटिएका अन्य मानिसका लागि समेत खोप लगाउने व्यवस्था गरिएको थियो ।

मार्च १ गतेदेखि ६० वर्षमाथिका र विभिन्न स्वास्थ्य समस्या भएका ४५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालिएको थियो । अप्रिल १ गतेदेखि ४५ वर्षमाथिका सबैलाई खोप लगाउने व्यवस्था गरिएको थियो । त्यस्तै मे १ देखि १८ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन थालिएको थियो ।

छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका व्यक्तिप्रति आधार व्यक्त गरेका छन् । कोभिड महामारीलाई जित्ने राष्ट्रिय प्रयास स्वरुप खोप अभियानमा महत्वपूर्ण उपलब्धि हासिल भएको अवसरमा उनले अग्रपंक्तिमा खटिएका सबै मानिसलाई धन्यवाद दिएका हुन् ।

‘भारतले इतिहास रचेको छ । भारतीय विज्ञान, इन्टरप्राइज र १३० करोड भारतीयको सामूहिक भावना विजयी भइरहेको देखिरहेका छौं’, मोदीको ट्विटर ह्वान्डलमा लेखिएको छ, ‘यो महान उपलब्धि हासिलका लागि क्रियाशील चिकित्सक, नर्स र अन्य सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’

एजेन्सीको सहयोगमा

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार ०९:२२
    • 47 views
    लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपतकाल घोषणा

    काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो । वनमा लागेको आगलागीका कारण…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 18 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *