पाँचथरमा यात्रुबाहक बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, मृतक अझै बढ्न सक्ने

कात्तिक ८, पाँचथर ।। पाँचथरबाट झापातर्फ जाँदै गरेको गरेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बसमा सवार ५९ जना मध्ये सम्पूर्ण यात्रु घाइते भएका छन् ।

को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका वडा ४ शान्तिपुरमा सोमबार बिहान साढे ११ बजे दुर्घटना भएको  हो ।

दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४ पुगेको फिदिम नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधानले पुष्टि गरिन । मृत्यु भएकाहरूको सनाखत भने हुन बाँकी रहेको छ ।

उपप्रमुख प्रधानका अनुसार बसले ट्याम्पोलाई ओभरटेक गर्न खोज्दा डिलबाट झरेर तल्लो बाटोमा पुगेको हो । उनले भनिन ‘मृतकको संख्या बढेर ४ पुगेको छ । अझै पनि मृत्यु हुने सम्भावना उच्च छ । हामीले संकलन गरेको तथ्याङ्क अनुसार बसमा ५९ जना सवार थिए । सम्पूर्ण व्यक्तिहरू घाइते हुनुभएको छ । घाइतेहरूको जिल्ला अस्पताल पाँचथर, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।’

उपप्रमुख प्रधानका अनुसार त्यहाँ उपचार हुन नसकेकाहरूलाई झापा तथा मोरङका अस्पतालमा समेत रिफर गरिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 70 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *