0 प्रतिक्रिया
फेरीपनि जुवातासकै कुरो : गैँडाकोटबाट नगद सहित ४ जुवाडे पक्राउ
नवलपुर, कार्तिक ११ । नवलपुरको गैँडाकोटबाट ४ जना जुवाडे पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित पूर्ण बहादुर गुरुङ्गको होटलमा जुवा खेलिरहेका चारजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. ४ का ३२ वर्षका राजु परियार, २६ वर्षका अर्जुन पौडेल, ३२ वर्षका आशिष श्रेष्ठ र गैँडाकोट १ का २८ वर्षका बुद्ध लामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनिहरुको साथबाट ५५ हजार ४० रुपैँया बरामद गरिएको छ ।
कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले पक्राउ परेका उनिहरुमाथि जुवा मुद्धामा कारबाही हुने बताउनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




