+
+
-- Sponsored Ad --

त्रिभुवनटारमा सिटिजन्सको शाखारहित बैंकिङ सेवा त्रिभुवनटारमा

424 पटक हेरिएको
Clock २०७८ कार्तिक १४, आईतवार २०:०६
-- Sponsored --

कात्तिक १४, कावासोती । सिटिजन्स बैङ्कले कावासोती नगरपालिका वडा नम्बर १४ त्रिभुवनटार स्थित नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरुको संख्या ११२ पुगेको जनाएको छ ।

नयाँ शाखा रहित बैंकिङ सेवाको कावासोती १४ का वडाध्यक्ष जितबहादुर महतो र सिटिजन्स बैङ्कको गण्डकी प्रदेशका प्रमुख बिनोद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे।

शाखा रहित बैंकिङ सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न सेवा प्रदायकको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कृषि तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि सिटिजन्स बैंकले ती स्थानहरुमा शाखा रहित बैंकिङ सेवा सुरु गर्ने गरेको जनाएको छ ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win