Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
प्रस्तावित विनयी त्रिवेणी अस्पतालको आईईई प्रतिवेदनको सार्वजनिक सुनुवाई, वन अतिक्रमणको बारेमा सबै सरोकारवालाहरु सचेत हुनुपर्नेमा जोड प्रस्तावित विनयी त्रिवेणी अस्पतालको आईईई प्रतिवेदनको सार्वजनिक सुनुवाई, वन अतिक्रमणको बारेमा सबै सरोकारवालाहरु सचेत हुनुपर्नेमा जोड - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

प्रस्तावित विनयी त्रिवेणी अस्पतालको आईईई प्रतिवेदनको सार्वजनिक सुनुवाई, वन अतिक्रमणको बारेमा सबै सरोकारवालाहरु सचेत हुनुपर्नेमा जोड

418 पटक हेरिएको
Clock २०७८ कार्तिक १५, सोमबार २०:१२
-- Sponsored --

कात्तिक १५, चोरमारा । प्रस्तावित विनयी त्रिवेणी अस्पतालको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आईईई) को सार्वजनिक सुनुवाई आज विनयी त्रिवेणी गाउँपालिमा भएको छ । 
विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला पुलको पूर्व दक्षिण तर्फ १० शैयाको अस्पताल बनाउने गाउँपालिकाको योजना रहेको छ । प्रस्तावित अस्पताल निर्माणको क्रममा पर्ने विभिन्न प्रभावहरुको बारेमा अध्ययन पश्चात तयार भएको आईईई प्रतिवेदनमा प्रतिवेदन तयारकर्ता संस्थाका टोलि नेता सुदिप पौडेलले सार्वजनिक सुनुवाईमा प्रस्तुत गर्नु भएको थियो । 
विनयी खोला पुलको पूर्व दक्षिण तर्फ घुम्ती हुदै सिसेनी बगुवन जाने सडक नजिकै अस्पताल निर्माणको लागि अहिले प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार भएको छ । विनयी सामुदायिक वन उपभोक्ता समुह क्षेत्र भित्र पार्ने ११ कठ्ठा जमिनमा प्रस्तावित अस्पताल सहित अन्य भौतिक संरचना बन्ने गरी अहिले अस्पताल निर्माणको लागि आवश्यक प्रक्रिया अगाडी बढेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर जि.सी.ले बताउनुभयो । 
अस्पताल निर्माणको क्रममा न्यूनतम रुख कटान हुने स्थानको छनोट, खोला, जंगल सहित विभिन्न वातावरणीय क्षेत्रमा न्यून प्रभाव पर्ने गरि अस्पताल निर्माणको लागि स्थान छनोट भएको उहाँले बताउनुभयो । 
प्रतिवेदन प्रस्तुत गर्दै पौडेलले प्रस्तावित स्थानमा दुई वटा रुख कटान गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । कटान भएको रुखको सोधभर्नाको लागि गाउँपालिकाले ४० वटा रुख बृक्षारोपण गरी पाँच वर्ष सम्म त्यसको रेखदेख गर्ने गरी कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । 
सव डिभिजन वन कार्यालय विनयी त्रिवेणीका अमृत ज्ञवालीले वन र वन्यजन्तुको संरक्षणको पक्ष प्राप्त अन्तिम आईईई रिर्पोट अध्ययन पश्चात कार्यालयले सम्बन्धित निकायमा हाल वन क्षेत्र रहेको स्थानमा भोगाधिकारको लागि दिने सिफारिसको सम्बन्धमा निर्णय लिने बताउनुभयो । 
प्रस्तावित अस्पताल निर्माणको लागि गाउँपालिकाले सो क्षेत्रमा दुई बिगाह क्षेत्र प्रस्ताव गरेको भएपनि ११ कठ्ठा मात्रै उपलब्ध हुन सक्ने प्रावधान अनुसार अहिले प्रतिवेदन तयार गरी जग्गा भोगाधिकारको लागि प्रक्रिया अगाडी बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताउनुभयो । 
वडा नं. २ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबास क्षेत्रको भौगलिक अवस्था र सार्वजनिक जग्गाको अभावको कारण वन क्षेत्रमा न्यून प्रभाव पर्नेगरी योजना तयार भएको भन्दै गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच हुने कार्यलाई कसरी गर्दा सहज हुन्छ सो अनुसार अगाडी बढाउन सुझाव दिनु भयो । 
कार्यक्रममा प्रस्तावित अस्पताल निर्माणको लागि प्रस्ताव गरिएको क्षेत्र पर्ने विनयी सामुुदायिक वनका अध्यक्ष रामजी प्रसाद पौडेल, छिमेकी पहेली भित्ता सामुदायिक वनका अध्यक्ष अमृत कार्की लगायतले वन र मावन दुवैको अवस्था हेरेर निर्माण कार्य अगाडी बढाउन अनुरोध गर्नुभयो । 
सो क्रममा अस्पताल निर्माण पस्चात सो क्षेत्रमा हुन सक्ने वन अतिक्रमणको बारेमा सबै सरोकारवालाहरु सचेत हुनुपर्नेमा सबै सहभागीहरुको जोड थियो । 
हाल विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबास बजार क्षेत्रमा रहेको दुम्कीबास स्वास्थ्य चौकी रहेको स्थानमा अस्पताल निर्माणको योजना अगाडी बढाइएको भएपनि आवश्यकता अनुसार जग्गाको उपलब्धता नहुँदा अन्य स्थानको खोजिको क्रममा अहिले प्रस्तावित स्थानको पहिचान भएको गाउँपालिका सिनियर अहेव ऋषिराम काफ्लेले बताउनुभयो ।  

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win