+
+
-- Sponsored Ad --

गृहमन्त्री खाणद्वारा सुदूरपश्चिमका पहिरो प्रभावित क्षेत्रकाे निरीक्षण

304 पटक हेरिएको
Clock २०७८ कार्तिक १७, बुधबार १८:५३
-- Sponsored --

कात्तिक १७, काठमाडौं ।। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले आज डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे। निरीक्षणका क्रममा गृहमन्त्री खाण प्रधानमन्त्री देउवा जन्मेको गाउँ रुवाखोलासमेत पुगेर पहिरोबाट पुगेको क्षतिबारे जानकारी लिएका थिए। 

सोही अवसरमा गृहमन्त्री खाणले बाढीपहिरो पीडितलाई चाँडै राहतको व्यवस्था गरिने अश्वासन दिलाए। उनले पीडित जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे। हालैको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी डडेल्धुरामा तीन जनाको मृत्यु भएको थियो। धनमालको ठूलो क्षति पुगेको थियो। 

गन्यापधुरा–१ मा मात्रै एक अर्बभन्दा बढीको क्षति भएको विवरण पेश गरिएको छ। पर्तोल गाउँमा मात्रै दर्जन बढी घर पहिरोको जोखिममा छन्। जोखिममा रहेका स्थानीयवासीले  आफूहरूका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन्। उक्त गाउँपालिकामा मात्रै बाढीपहिराेबाट २५० घरधुरी जोखिममा रहेको बताइएको छ। गृहमन्त्री खाणले आज सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win