थप २ सय २५ कोभिड संक्रमितको मृत्यु, ९४ सय ८३ संक्रमित थपिए

काठमाडौं । नेपालमा थप २ सय २५ जना कोभिड संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थप २ सय २५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।

मन्त्रालयले यसलाई नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको उल्लेख गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ५९६ पीसीआर र ७ सय २० एन्टिजेन परीक्षणबाट थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । यो एकदिनमा संक्रमित हुने अहिलेसम्मकै उच्च संख्या हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । कूल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको मन्त्रालयको तथ्यांक छ । गत २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमित निको भएका छन्। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार ११:१५
    • 11 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०२
    • 16 views
    पाँच एसएसपी डीआईजीमा बढुवा

    २८ पुस, काठमाडौं । नेपाल प्रहरीका पाँच जना बरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ५ पदमा डीआईजी बढुवा गरेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *