+
+
-- Sponsored Ad --

निकुञ्ज बाधक बनेको दुम्किबास त्रिवेणी सडक सुरुङ बनाएर भएपनि पूरा गर्छौ : मुख्यमन्त्री

808 पटक हेरिएको
Clock २०७८ कार्तिक १७, बुधबार २२:०६
-- Sponsored --

सन्जय भट्टराई/नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दुम्किबास त्रिवेणी सडक बिस्तारका लागि चितवन राष्ट्रिय निकुञ्ज र युनेस्को बाधक बनेको बताएका छ्न ।

बुधबार गृह जिल्ला नवलपुर आईपुगेका मुख्यमन्त्री नेपालीले कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौं साधरणसभालाई सम्बोधन गर्दै दुम्किबास त्रिवेणी सडक बिस्तारका लागि चितवन राष्ट्रिय निकुञ्ज र युनेस्को बाधक बने पनि वैकल्पिक तरिका अपनाएर भए पनि सडक बिस्तार गर्ने बताए । “त्रिवेणी- दुम्किबास जोडने स्थल मार्ग बनाउन निकुञ्ज र युनेस्कोले दिएन भने सुरुङ्ग मार्ग या फ्लाइ ओभर बनाएर पनि सडक बिस्तार गर्ने गरि प्रदेश सरकार अगाडि बढेको छ,” मुख्यमन्त्री नेपालीले भने ।

नेपाललाई उत्तर दक्षिण जोडने छोटो र उपयुक्त सडक त्रिवेणी-कोरला सडक भएकाले त्रिवेणी- दुम्किबास जोडने सडकको विषयमा तदारुपता लिन आफुले प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको र छिट्टै समस्या समाधान हुने प्रधानमन्त्रीबाट आफुले जवाफ पाएको नेपालीले बताए ।

२०६२ सालमा ट्र्याक खोलिएको भए पनि दुम्किबास त्रिवेणी सडक निर्माण चितवन राष्ट्रिय निकुञ्जको अवरोध कारण अगाडि बढन सकेको छैन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win